हामीसँग जोडिनुहोस

युक्रेनमा पहिलो युद्ध–अपराध मुद्दा प्रारम्भ

1 मिनेट

काठमाडौं, ३१ बैशाख ।
रुसले आफूमाथि गत २४ फ्रेब्रुअरीमा आक्रमण शुरु गरेयता युक्रेनले पहिलो पटक युद्ध अपराध मुद्दा सुरु गरेको छ । एक निहत्था सर्वसाधारणको हत्या गरेको अभियोगमा २१ वर्षिय सैनिकलाई अदालतमा उभ्याइएको छ । भादिम सिसिमारिन नामक ती सैनिक किभमा सुरु भएको प्रारम्भिक सुनुवाइको दौरान अदालतमा उपस्थित भएका हुन् । यदि, अभियोग प्रमाणित भएको खण्डमा उनलाई आजन्म कारवास सजाय हुनेछ । युक्रेनले आफूले रुसी फौजबाट भएका हजारौं सम्भावित युद्ध अपराध फेला पारेको दाबी गरेको छ । रुसले आक्रमणको दौरान सर्वसाधारणलाई लक्षित नगरेको बताएको छ भने यस मुद्दाबारे कुनै टिप्पणी गरेको छैन ।
तर, युक्रेनी सूत्रले उनी कसरी पक्राउ परे वा उनी विरुद्धको प्रमाणको स्वरुपबारे केही बताएको छैन । रुसी नियन्त्रणमा रहेका विभिन्न युक्रेनी क्षेत्रमा सयौं सर्वसाधारणका शव फेला परिसकेको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।