हामीसँग जोडिनुहोस

आज पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

1 मिनेट

काठमाडौं, ३१ बैशाख ।
आज मधेस प्रदेशसहित देशका पहाडी क्षेत्रमा मौसम बद्ली भएको छ । प्रदेश एक, मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति काठमाण्डौ उपत्यकामा पनि पानी परेको थियो । आज दिउँसोपख प्रदेश एक, वाग्मती, गण्डकीसहित पहाडी क्षेत्रमा मौसम बद्ली हुने सम्भावना छ । अरु ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान छ । प्रदेश एक, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँ साथै मधेस प्रदेश तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आजराति पनि प्रदेश एकसहित देशका अन्य प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन र चटयाङ्गसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।