हामीसँग जोडिनुहोस

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणमा बहुआयामिक विषयमा द्विपक्षीय छलफल हुने

1 मिनेट

काठमाडौं, ३१ बैशाख ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा बहुआयामिक विषयमा द्विपक्षीय छलफल हुनेभएको छ । मोदी प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा जेठ दुई गते बुद्ध जयन्तीका दिन लुम्बिनी आउँदै हुनुहुन्छ । भारतीय विदेश मन्त्रालयले भ्रमणका बेला दुई देशबीच विकास निर्माण, व्यापार वाणिज्य, पर्यटनलगायतका विषयमा छलफल हुने जानकारी दिएको हो । भारतका विदेश सचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण हुनु नेपाल र भारतबीचको निकट सम्बन्धको प्रतीक रहेको समेत बताउनुभएको छ । नेपाल र भारतबीच जलविद्युत् ऊर्जा व्यापारको दिगो र ठूलो व्यापारको क्षेत्र रहेको उहाँले बताउनु भयो । सचिव क्वात्राले भारतले नेपालमा विद्युत् उत्पादनको क्षेत्रमा लगानी बढाउन पहल गरिरहेको र सडक सञ्जाल तथा रेल्वे कनेक्टिभिटीलगायतका विषयमा पनि दुई देशको उच्च नेतृत्वबीच छलफल हुने जानकारी दिनुभयो । तर नेपाल भारतीबीचको सीमा विवादका विषयमा भने उहाँले केही पनि बोल्नुभएको छैन । तर भारतीय पक्षले दुई देशको सम्बन्ध विभिन्न समयमा भएका सन्धि सम्झौताभन्दा धेरै माथि रहेको जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।