
काठमाडौँ, ३१ वैशाख ।
भारतको दिल्लीस्थित मुंडका क्षेत्रको एउटा भवनमा शुक्रवार साँझ भिषण आगलागी भएको छ । आगलागीका कारण २७ जना मानिसहरुको निधन भएको छ । सम्पूर्ण शवहरु बरामद गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उक्त भवनबाट अहिलेसम्म एक सय जनार्लाइ जीवितै उद्धार गरिएको छ । उक्त भवनमा अझै ३०–४० जना मानिसहरु फसेको हुनसक्ने चीफ फायर अफिसर अतुल गर्गले बताएका छन् । उद्धार तथा बचावका लागि एक सय जना भन्दा बढी कर्मचारीहरु खटेका छन् भने आगलागीको खबर पाउने बित्तिकै २७ वटा दमकल घटनास्थलमा पुगेका थिए ।तीन तल्ले उक्त भवनको पहिलो तल्लाबाट आगलागी प्रारम्भ भएको बताइन्छ ।
आगलागीको बेला करिव १ सय ५० जना मानिसहरु उक्त भवनमा रहेको विभिन्न कार्यालयहरुमा काम गरिरहेका थिए । आगलागी हुने बित्तिकै कतिपय मानिसहरु बाहिर दौडिएर ज्यान जोगाएका थिए ।आगलागीको कारण भने अहिलेसम्म फेला नपरेको बताएको छ । एजेन्सी ।