हामीसँग जोडिनुहोस

रुसी सरकारले रुबल मै कारोबार गर्न आदेश दिएपछि सबल बन्दै

1 मिनेट

काठमाडौँ, ३१ वैशाख ।
युद्धका कारण कमजोर बनेको रुसी रुबल पछिल्लो समयमा सबल बन्दै गएको छ । रुसी सरकारले अरु राष्ट्रलाई रुबल मै कारोबार गर्न आदेश दिएपछि सबल बन्दै आएको हो ।
रुस–युक्रेन युद्धका कारण गत मार्च महिनामा अहिले सम्मकै कमजोर विन्दुमा पुगेको रुबल अहिले यो वर्षको विश्वकै उत्कृष्ट प्रदर्शन गर्ने मुद्रा बनेको छ । फेब्रुअरी महिनामा रुसले युक्रेनमा विशेष सैनिक अप्रेसन सञ्चालन गरेपछि पश्चिमा देशहरुले लगाएका प्रतिबन्धका कारण रुसी रुबल अन्तराष्ट्रिय बजारमा कमजोर भएको थियो ।
मार्च महिनामा १ डलर बराबर १४२।६४ पुगेको रुबल आज १ डलर बराबर ६३ रुबल हुन पुगेको छ । यससँगै रुबल यो वर्षको विश्वकै उत्कृष्ट प्रदर्शन गर्ने मुद्रा बनेको छ । यसैगरी युरो विरुद्ध पनि रुबल बलियो भएको छ । सन् २०१७ यताकै उच्च हुने गरी १ युरो बराबर रुबल ६५।८० रुबल हुन पुगेको छ । एजेन्सी ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।