हामीसँग जोडिनुहोस

काठमाण्डौ महानगरपालिकामा बालेन शाह झन्डै २९ सय मतले अगाडि

0 मिनेट

काठमाण्डौ, जेठ २ ।
काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लैजानु भएको छ ।
१६ हजार ९ सय ५० मत गन्दा उहाँले ६ हजार एक सय ९४ मत पाउनु भएको छ । यो एमालेका उम्मेदवार केशव स्थापितको भन्दा झन्डै २९ सयले धेरै हो । स्थापितले अहिलेसम्म ३ हजार ३ सय मत ल्याउनु भएको छ ।
यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले दुई हजार ८ सय ६६ मत ल्याउनु भएको छ । यसैबीच उपमेयरमा एमालेकी सुनिता डङ्गोलले अग्रता बढाइरहनु भएको छ । उहाँले अहिलेसम्म ६ हजार ३ सय ४४ मत पाउनु भएको छ।

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।