हामीसँग जोडिनुहोस

इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक (इमरजेन्सी) सेवा सुरु

1 मिनेट

इटहरी, श्रावण १६ । सामाजिक विकास मन्त्री जिवन घिमिरेले उदघाटन गर्नुभएसँगै इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक (इमरजेन्सी) सेवा सुरु भएको छ । उदघाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री घिमिरेले इटहरी,इटहरी आसपास र पहाडी जिल्लाका वासिन्दालाई पनि सेवा लिन इटहरी अस्पताल उपयुक्त हुने वताउनुभयो । उहाँले इटहरी अस्पतालको स्तरोन्तीका लागि प्रदेश सरकारको चासो र सरोकार रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सांसद लिलम वस्नेत,संविधानसभाकी सांसद अनिता परियार, इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम,नेपाली काँग्रेस इटहरी सभापति हेमकर्ण पौडेल,वडाध्यक्ष भुपेन्द्र वराल लगायतले शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रमको अध्यक्ष रहेका इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीको विकास र सम्वृद्धिले केहि समयमै नयाँ उचाई लिने दावी गर्नुभयो । कार्यक्रममा इटहरी अस्पतालकी प्रमुख डा रोमी यादवले इटहरी अस्पतालवाट गत बर्ष ३७ हजार २९ जनाले सेवा लिएको जानकारी दिनुभयो । २०२४ सालमा स्वास्थ्य चौकीका रुपमा स्थापना भई ५३ सालदेखि प्राथमिक स्वास्थ्य केन्द्र र २०७५ साल साउन १ गते देखि इटहरी अस्पतालमा रुपान्तरण भएको हो । १५ सैयाको अस्पताललाई सुविधा सम्पन्न ट्रमा सेन्टर सहित ५० सैयाको अस्पताल वनाउने इटहरी उपमहानगरले लक्ष्य राखेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।