
काठमाडांै, १९ जेठ । मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा तारा एयरको जहाजमा दुर्घटना हुँदा निधन भएकाहरूको शव परिवारलाई जिम्मा लगाइने भएको छ।
शवको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमर्टम गरिएको थियो। पोस्टमर्टम कार्य सकिएकोले शव पहिचान गरी आज परिवार तथा आफन्तजनलाई जिम्मा लगाउने तयारी छ। शव अन्त्येष्टि गर्न परिवारको जिम्मा लगाउन लागिएको हो।
आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज थासाङ २ सानुसरेमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परेको जहाज सोमबार बिहान मात्र फेला परेको थियो। यार्सागुम्बा खोज्न गएकाहरूले जहाज देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी दुर्घटनास्थलबाट शव काठमाडौं ल्याइएको थियो। चालक दलका ३ सदस्यसहित विमान दुर्घटनामा परेर २२ जनाको निधन भएको थियो।