हामीसँग जोडिनुहोस

बाली संरक्षण समिति नेपालको अध्यक्षमा डा. डिल्लीराम शर्मा

1 मिनेट

काठमाडौं,१९ जेठ ।
बाली संरक्षण समिति नेपालको अध्यक्षमा डा. डिल्लीराम शर्मा चयन भएका छन् । राजधानीमा बुधवार आयोजित साधारणसभाले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा सहदेव प्रसाद हुमागाई, महासचिवमा डा. सुन्दर तिवारी, सहसचिवमा देवराज अधिकारी र कोषाध्यक्षमा सावित्री बराल चयन भएको निर्वाचन अधिकृत परशुराम अधिकारीले जानकारी दिनुभयो ।
समाजको सदस्यहरुमा कपिल काफ्ले, ललित साह, सुरेन्द्र सुवेदी, रामप्रसाद मैनाली, श्रृखला मानन्धर र ध्रुवराज भट्ट रहेका छन्। ।
बाली संरक्षणको क्षेत्रमा कार्यरत कर्मचारी, नीति निर्माता, अनुसन्धानकर्ता, अध्यापक, प्राविधक तथा व्यवसायीसमेतको साझा संस्थाको रुपमा समितिको गठन २०५९ चैत १४ गते भएको हो ।
बाली संरक्षणको क्षेत्रमा कार्यरतको मनोवल उच्च बनाउन विभिन्न गतिविधिहरु गर्ने, विषादी व्यवस्थापन तथा बाली संरक्षण लगायतका विषयमा जनचेतना जगाउँदै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि सहयोग गर्ने लगायतका उद्देश्य समितिको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।