हामीसँग जोडिनुहोस

वैदेशिक रोजगार ठगी नियन्त्रण गर्न विभागले शीघ्र प्रत्यूत्तर टोली गठन गर्या

1 मिनेट

काठमाडौं,२० जेठ ।
विभिन्न बाहना र प्रलोभनमा भइरहेको वैदेशिक रोजगार ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले शीघ्र प्रत्यूत्तर टोली (आरआरटी) गठन गरेको छ ।
वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र नलिई कुनै व्यक्ति वा संस्थाले ठगी गरेको पाइएमा त्यस उपर तत्काल कानुनी कारबाही अघि बढाउन आरआरटी गठन गरेको विभागले जनाएको छ ।
टोली गठन गरेपछि विभागले वैदेशिक रोजगारीको इजाजत नलिई कुनै व्यक्ति, समूह वा संस्थाले वैदेशिक रोजगारीमा पठाई दिने भनि आश्वासन दिई प्रलोभनमा पारिरहेको, रकम असुल गरेको, विदेशमा लगि अलपत्र पारेको वा श्रम स्वीकृति नलिई भिजिट भिसा लगायतका अन्य भिसामा वैदेशिक रोजगारीमा पठाएमा टोलीलाई खबर गर्न विभागले अनुरोधसमेत गरेको छ ।
यस्ता सूचना लिनका लागि विभागले टोलीको इमेल ठेगाना र मोवाइल नम्बरसमेत छुट्टै व्यवस्था गरेको छ । कसैले यस्ता प्रलोभन देखाएर ठगी गर्न खोजेमा वा यस्ता ठगी बारे कुनै जानकारी भएमा चच२ाभय।नयख।लउ वा मन२मयाभ।नयख।लउ मा इमेल तथा ९८५१३३४१०७ नम्बरमा सम्पर्क गर्न विभागले आग्रह गरेको छ ।
सूचना दिने व्यक्तिको पहिचान गोप्य राख्ने पनि विभागले जनाएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।