हामीसँग जोडिनुहोस

१९ वर्षमुनि महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालको विजयी सुरुवात

1 मिनेट

काठमाडौं,२० जेठ ।
आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।
नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा ३८ रनमा समेटियो । कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४र१४ रन जोडे । नेपालकी सृष्टि जैशीले ३ विकेट लिइन । यस्तै अनु कठायत, कृतिका मरासिनी र स्नेहा महराले २र२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । नेपालका लागि आश्मा पुलामी मगरले अविजित ३२ र सृष्टि जैशीले पनि अविजित २३ रन जोडे । त्यस्तै सानु राजवंशी २१ रनमा आउट भइन् । कतारकी साची ढड्वाल र अलिना खानले १र१ विकेट लिए ।
यो छनोटमा नेपालसहित, मलेसिया, युएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमूनिको महिला विश्व कपमा पुग्नेछ । अब नेपालले दोस्रो खेलमा भोलि यूएईसँग खेल्नेछ । यस्तै सोमवार भुटानसँग, मंगलवार थाइल्यान्डसँग र बिहीवार मलेसियासँग खेल्नेछ । एजेन्सी ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।