हामीसँग जोडिनुहोस

लोक सेवा आयोगको परीक्षामा अर्काको नामको जाँच दिने दुई जना पक्राउ

1 मिनेट

काठमाडौं,२० जेठ ।
अर्काको नाममा लोकसेवा आयोगको परीक्षा दिइरहेको अवस्थामा प्रहरीले एक जनालाई पकाउ गरेको छ ।
प्रहरीले पोखरा महानगरपालिका–२ बस्ने ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटीलाई हिजो बिहान हेटौँडा उपमहानगरपालिका–१ बाट प्रशासन लेखा सहायक चौथो तहको परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले उनको झोलाबाट नगद ५८ हजार ५ सय रूपैयाँ र विभिन्न व्यक्तिहरूको ४ वटा नागरिकता समेत फेला पारेको छ ।
यस्तै बुबाको नाममा सवारी चालक अनुमति पत्र लाइसेन्सको परीक्षा दिँदै गर्दा एक जना पक्राउ परेका छन् । हेटौँडा उपमहानगर–११ मा रहेको यातायात व्यवस्था कार्यालयबाट अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका–७ बस्ने २० वर्षीय सन्तोष गौतम पक्राउ परेका हुन् ।
सन्तोषले उनका बुबा टुकनाथ गौतमको नाममा परीक्षा दिएका थिए । दुवै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।