
काठमाडौं,२० जेठ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै नागरिकमा सूचना प्रविधिको पहुँच र्पुयाउन सरकारले इन्टरनेटको शुल्क घटाएको बताउनुभयो । शुक्रबार राजधानीमा सुरु भएको फोनपे डिजिटल इकोनमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै उहाँले यस्तो जिकिर गरेका हुन् ।
सरकारले आगामी आर्थिक वर्ष २०७९र८० को बजेटमार्फत इन्टरनेट सेवामा लाग्दै आएको दूरसञ्चार सेवा शुल्क तीन प्रतिशतले घटाएको छ ।
सूचना प्रविधिको विकास बिना मुलुकको विकास समेत असम्भव भएको उल्लेख गर्दै मन्त्री कार्कीले सूचना प्रविधिमा समाजका सबै तप्कालाई सँगसँगै लिएर जानुपर्ने बताउनुभयो ।