हामीसँग जोडिनुहोस

मन्त्रीबाट हटाएर देखाउन माधव नेपाललाई श्रममन्त्री श्रेष्ठको चूनौति

1 मिनेट

काठमाडौं, २३ जेठ ।
नेकपा (एकीकृत समाजावदी) ले मन्त्रीहरु फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाउने निर्णय गरेपनि मन्त्रीहरुले पार्टी नेतृत्वलाई चूनौति दिएका छन् । उनीहरुले पार्टीले पूर्वाग्रह पालेर निर्णय गरेको भन्दै आफूहरु तत्काल सरकारबाट फिर्ता नहुने अडान लिएका छन् । हिजो बसेको सचिवालय बैठकले चार जना मन्त्रीहरुलाई फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ मन्त्रीहरु पठाउने निर्णय गरेको थियो । तर, स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भने पार्टीको निर्णय नमान्ने चेतावनी दिनुभएका छन् । उहाँहरुले आज विहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट गर्नुभएको छ । उहाँहरुले अहिले बजेट भर्खरै आएको र त्यसमाथि उठेका प्रश्नको जवाफ पनि दिन नपाउँदै सरकारबाट फिर्ता बोलाउने निर्णय गर्नु गलत हुने भन्दै तत्काल मन्त्रीहरु हेरफेर नगर्न आग्रह गरेको बुझिएको छ ।
श्रममन्त्री श्रेष्ठले त पार्टीमा आफूहरु १८ जना सांसद एकमत रहेको पनि दाबी गर्नुभयो । उहाँले माधव नेपाललाई आफूहरुलाई हटाएर देखाउन चेतावनी पनि दिनुभएको छ । २४ सांसद रहेको नेकपा (एकीकृत समाजवादी) मा १८ जना मन्त्रीहरुको पक्षमा रहेको उहाँको दाबी छ । पार्टीले भने अहिलेका मन्त्रीहरुलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हिराचन्द्र केसीको नाम सिफारिश गरेको छ । अहिलेका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई भने स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिने भन्दै सोहीअनुसार प्रधानमन्त्री देउवालाई सिफारिश गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।