
काठमाडौं, २३ जेठ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरुबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा समसामयिक राजनीतिक विषयहरुमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सहभगाी थिए । श्रोतका अनुसार नेताहरुबीच मन्त्रिपरिषद् विस्तारको विषयमा समेत छलफल भएको छ । नेकपा एकीकृत समाजवादीले आइतबार आफ्ना पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको सिफारिस गर्ने निर्णय गरेको थियो ।