हामीसँग जोडिनुहोस

काठमाडौं महानगरमा सार्वजनिक शौचालयको सङ्केत सार्वजनिक

1 मिनेट

काठमाडौं,२३ जेठ ।
सार्वजनिक शौचालयका लागि काठमाडौं महानगरपालिकाले सङ्केत चिह्न तयार पारेको छ । मेयर वालेन्द्र साह (बालेन)ले महानगरको बैठकमा रेष्टुराँहरूको शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न सकिने अवधारणा अघि सारेसँगै सो अवधारणामा हातेमेलो गर्न अधिकांश तयार भएका थिए । अहिले सङ्केत चिह्न समेत तयार पारिएको हो । सर्वसाधारणलाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको महानगरपालिकाले जनाएको छ । सङ्केत चिह्नमा गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको हुन्छ ।
यस्तै बीच भागमा सेतो रङ्गमै महिला र पुरुषको साङ्केतिक चित्र समेत हुनेछ। संकेत चिह्नको मुनि अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ पनि लेखिएको हुनेछ। यस्तै महानगरले होटल, रेष्टुराँ, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्क राख्न सार्वजनिक आह्वान पनि गरेको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।