
काठमाडौं, २४ जेठ ।
नव गायक जीवन परिवेशको ‘ए माया’ बोलको गीत बजारमा सार्वजनिक भएको छ । अनौपचारिक ?पमा धेरै गीतमा आवाज दिइ सक्नु भएता पनि गायक परिवेशको यो पहिलो आधिकारिक गीत हो , जसलाई २०७८ सालकै सर्बोत्कृष्ट गीत बन्न सफल “सुनेको दरबार “ का संगीतकार दीपकराज विश्वकर्माले संगीत भर्नुभएको छ ।
त्यस्तै बिशेष गजल विधामा कलम चलाउने बरिष्ठ गजलकार सुमन स्मारिकाको सुन्दर शब्दह?मा बरिष्ठ भिडियो निर्देशक युवराज वाइवाको निर्देशनले गीत उत्कृष्ट बन्न पुगेको छ । गीतमा बरिष्ठ सञ्चारकर्मी तथा मोडल नरेश भट्टराई तथा चर्चित टीकटक स्टार उषा उप्रेतीको अभिनय रहेको छ । प्रकृतिले दिएको ?प त्यसै राम्रो हुन्छ । अ?लाई राम्रो नराम्रो देख्ने मान्छेको नजर हो त्यसैले मान्छेको सोचाइ र दृष्टिकोण सकारात्मक हुनु पर्छ भन्ने भाव गीतमा देखाउन खोजिएको छ ।