हामीसँग जोडिनुहोस

खेतीयोग्य जग्गा १५ आनाभन्दा कम काट्न नपाइने

1 मिनेट

काठमाडौं, २५ जेठ ।
व्यापारिक प्रयोजनका लागि जथाभावी रूपमा गरिँदै आएको खेतीयोग्य जग्गा कित्ताकाटमा कडाइ गरिएको छ । अब काठमाडौं उपत्यकामा कृषि क्षेत्रका जग्गा १५.७३ आनाभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न पाइने छैन । यसैगरी, तराई र भित्री मधेसमा २१.२३ आनाभन्दा कम र उपत्यका, तराई र भित्री मधेसबाहेकका स्थानमा ३१.४५ आनाभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न पाइने छैन । भू–उपयोग ऐन आएको ३ वर्षपछि सरकारले गत जेठ ९ मा भू–उपयोग नियमावली स्वीकृत गरेको थियो । उक्त नियमावली सोमबार राजपत्रमा प्रकाशन भएसँगै मनलाग्दी रूपमा हुँदै आएको जमिन खण्डीकरणमा अंकुश लाग्ने भएको हो । आवासीय क्षेत्रको हकमा भने देशैभर ४.०९ आनाभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाइने नियमावलीमा उल्लेख छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।