हामीसँग जोडिनुहोस

उद्योग वाणिज्य संघ भक्तपुरद्धारा प्रधानमन्त्री देउवासंग भक्तपुरको विकासमा ११ बुँदे माग प्रस्तुत

2 मिनेट

भक्तपुर, २५ जेठ । उद्योग वाणिज्य संघ भक्तपुरले सरकारसंग भक्तपुरका बिभिन्न ११ वटा विकासका आयोजनाहरु सम्पन्न गर्न माग गर्दै ११ बुदेँ माग पत्र पेश गरेको छ । संघका अध्यक्ष शिवव्रसाद मानन्धरको नेतृत्वमा बालुवाटार गएको संघको पदाधिकारीसहिनतको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरि बिभिन्न ११ बुँदे माग पेश गरेको हो । यसबारेमा भक्तपुर उद्योग वाणिज्य संघका टोली र प्रधानमन्त्री देउवाबिीच छलफल भएको संघका सदस्य नविन प्रजापतिले जानकारी दिनु भयो ।

प्रधानमन्त्री समक्ष भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालनका लागि स्वीकृत प्रदान गर्न उहाँले आग्रह गर्नु भयो । ख्वप विश्वविद्यालय सञ्चालनमा आए जनताले न्यून शुल्कमा नेपालमै विशेषत्र चिकित्सक उत्पादन गर्न सक्ने जानकारी गराउनु भयो ।

संघले प्रधानमन्त्री देउवासँग भक्तपुर नगरकोट जोड्ने सडक यथाशीघ्र कालोपत्रे सहित निर्माण सम्पन्न गर्न, सूर्यविनायक नगरपालिकामा पर्ने राष्ट्रिय प्राणी उद्यानको अविलम्ब निर्माण तथा सञ्चालनमा ल्याउन, भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र सभा हल निर्माण गर्न, पर्यटन पूर्वाधारको विकास गरी भक्तपुर आउने पर्यटकहरूको बसाई अवधि लम्ब्याउन तारे होटल निर्माणको प्रबन्ध गरिदिन, हालको भक्तपुर औद्योगिक क्षेत्रलाई हस्तकला ग्रामको रूपमा विकास गरी औद्योगिक क्षेत्रलाई यथाशीघ्र उचित स्थानमा स्थानान्तरण गर्न पहल गरिदिन आग्रह गरेको छ ।

त्यस्तै व्यावसायिक कृषि खेती गर्नको लागि नेपालमै मल कारखाना सञ्चालन गर्न, जिल्लाभित्र उत्पादित कृषि उपजको बजारीकरण लागि कृषि थोक बजार केन्द्रको निर्माण गरिदिन, स्वदेशी उत्पादनको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न श्रम ऐनमा आवश्यक सुधार गरी श्रम लागत छिमेकी मुलुक सरह बनाउन, नेपाली गार्मेन्ट उद्योगबाट उत्पादित बस्तु निर्यात गर्दा डण्डी र सिमेन्टमा जस्तै ८ प्रतिशत निर्यात अनुदान व्यवस्था गरिदिन, आ. व.२०७९÷०८० बजेटमा विद्युतीय सवारी साधनामा लगाएको करको दरमा खारेज गर्न, युवाहरूलाई स्वदेशमै बसेर उद्योग व्यवसाय गर्न प्रोत्साहन मिल्ने कार्यक्रमहरू ल्याउनु पर्ने र स्वदेशमा रोजगारी सिर्जना गरिदिन संघले प्रधानमन्त्री देउवासँग आग्रह गरेको छ ।

संघले प्रधानमन्त्री देउवासमक्ष लोकतन्त्रको संस्थागत विकास र संविधानको पूर्ण पालना प्रति प्रतिवद्ध वर्तमान सरकारले भक्तपुरको विकासमा टेवा दिन अनुरोध गरेका हुन् । संघका अध्यक्ष मानन्धरले प्रधानमन्त्रीको दृढ अठोट र संकल्पका कारण हालै मुलुकमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, भयरहित एवं व्यवस्थितरूपमा सम्पन्न भएको भन्दै निजी क्षेत्र पनि राजनीतिक स्थायित्व र आर्थिक समृद्धिप्रति अत्यन्त उत्साहित बन्न पुगेको बताउनु भयो ।

भेटमा प्रधानमन्त्री देउवाले संघको आग्रहलाई स्वीकार्दै आवश्यक पहल गर्ने जानकारी गराउनु भएको संघका सदस्य नविन प्रजापतिले जानकारी दिनु भयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।