हामीसँग जोडिनुहोस

आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मधेसवादी दलहरूसँगै गठबन्धन गर्ने जनमत पार्टीको निर्णय

1 मिनेट

काठमाडौं, २६ जेठ । डा। सीके राउत नेतृत्वको जनमत पार्टीले आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मधेसवादी दलहरूसँगै गठबन्धन गर्ने निर्णय गरेको छ । जनकपुरधामस्थित पार्टीको केन्द्रीय सचिवालयमा बसेको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्दै आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने निर्णयसमेत गरेको नेता साहले जनाउनुभयो ।
स्थानीय निर्वाचनमा दुई–दुईवटा गठबन्धन रहेकोमा जनमत पार्टी एक्लै प्रतिस्पर्धामा उत्रिँदा अपेक्षित परिणाम आउन नसकेकाले आगामी निर्वाचनको लागि जनमत पार्टी अरू पार्टीसँग गठबन्धन गर्न खुल्ला रहने निर्णय गरेको नेता बिपी साहले बताउनुभयो ।
राष्ट्रिय, प्रादेशिक, जिल्ला वा निर्वाचन क्षेत्र मध्ये कुनै स्तरमा गठबन्धन हुनसक्ने भन्दै कांग्रेस र कम्युनिष्टहरूले मधेसीहरूलाई बारम्बार धोका दिएकोले अब तराई–मधेस केन्द्रित दलहरूसँगै गठबन्धन हुने साहले बताउनुभयो ।
गठबन्धनको निर्माण गरी संयुक्त आन्दोलन गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले किसान आन्दोलनलगायत तराई–मधेसका सवालमा संयुक्त आन्दोलन गर्ने निर्णय गरेको साहले जानकारी दिनुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।