हामीसँग जोडिनुहोस

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा १० वटा स्मार्ट शौचालय सञ्चालन गर्ने

1 मिनेट

काठमाण्डौ, जेठ ३० ।
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा १० वटा स्मार्ट शौचालय सञ्चालन गर्ने भएको छ । महानगर कार्यपालिकाको दोस्रो बैठकमा महानगर प्रमुख बालेन्द्र शाहले उक्त घोषणा गर्नुभएको हो । आधुनिक सुविधासहित व्यवस्थापन गरिएका सार्वजनिक शौचालयलाई स्मार्ट शौचालय भन्ने गरिएको छ । सार्वजनिक शौचालय दुर्गन्धित हुने तथा पानी, बिजुली र चुकुलसमेत नभएका फोहोर ठाउँका रूपमा बुझिने आम धारणामा परिवर्तन गर्ने गरी स्मार्ट शौचालयको अवधारणा ल्याइएको हो । हाल राजधानीको ललितपुर र काठमाडौँमा छवटा स्मार्ट शौचालय सञ्चालनमा छन् । सार्वजनिक शौचालयको सफल व्यवस्थापनकै कारण नेपालले विभिन्न राष्ट्रमा आयोजित प्रतियोगितामा सहभागी भई पुरस्कार जित्ने अवसरसमेत पाएको छ । ललितपुर महानगरपालिका, मङ्गलबजारस्थित पुरानो सार्वजनिक शौचालयको मर्मत सम्भार गरी सन् २०२० को फेब्रुअरीदेखि स्मार्ट बनाइएको थियो ।नेपालको स्मार्ट शौचालयले दिगो विकास लक्ष्यका लागि संयुक्त राष्ट्रसङ्घीय विज्ञान, प्रविधि र नवप्रवर्तन मञ्च, २०२० अवार्ड जित्न सफल भएको थियोे । त्यस्तै सन् २०२१ अगस्तमा विश्व पानी महोत्सवका अवसरमा स्विडेनमा आयोजित प्रतियोगितामा शौचालय सफाइ विधामा एरोसान हब अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट अन्तिम पाँचमा पुग्न सफल भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।