हामीसँग जोडिनुहोस

नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कँदै

1 मिनेट

काठमाडौँ, ०२ असार ।
नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कँदैछ। एएफसी एसियन कप छनोटका लागि कुवेत पुगेको नेपाली टिम आज फर्कन लागेको हो।
छनोट खेलेको टोली आज नेपाल फर्किए पनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने उतै रहने भएका छन्। अलमुताइरीलाई छाडेर ३१ सदस्यीय नेपाली टोली आज फर्कन लागेको हो।
नेपाली टोली अलिहे बिहान १० बजे काठमाडौं आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। अलमुताइरी भने एन्फासँग बिदा लिएर कुवेतस्थित घरमै बसेका हुन् । कुवेतमा भएको छनोटमा जितविहीन रहँदै नेपाल अंकविहीन बनेको थियो। समूह ‘ए’मा रहेको नेपाल अंक तालिकाको पुछारमा रह्यो।
छनोटको पहिलो खेलमा जोर्डनसँग २–० गोल अन्तरले पराजित नेपाल दोस्रो खेलमा आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भयो। अन्तिम खेलमा इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको थियो।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।