हामीसँग जोडिनुहोस

श्रीलङ्कासँगको अन्तिम एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी

1 मिनेट

काठमाडौं, ११ असार ।
घरेलु टोली श्रीलङ्कासँगको पाँचौँ तथा अन्तिम एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ । कोलम्बोमा गएराति भएको खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई ४ विकेटले हराएको हो । तर, पाँच खेलको श्रृङ्खला यसअघि नै श्रीलङ्काले जितिसकेको छ । अन्तिम खेलमा श्रीलङ्काले दिएको १ सय ६१ रनको लक्ष्य अस्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टायो । अस्ट्रेलियाका लागि एलेक्स केरीले अविजित ४५ रन जोडे । यस्तै, मार्नुस लावुसेनले ३१ र क्यामरुन ग्रीनले अविजित २५ रन बनाए । श्रीलङ्काका दिनुथ वेलालेजले ३ तथा महिस थिक्सनाले २ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले ४३ ओभर १ बलमा अलआउट हुँदै १ सय ६० रन बनाएको थियो । श्रीलङ्काका चामिका करुनारत्नेले ७५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कुशल मेन्डीसले २६ रन जोडे । अस्ट्रेलिया पहिलो खेलमा दुई विकेटले विजयी भएको थियो । श्रीलङ्का दोस्रो खेलमा २६ रन, तेस्रो खेलमा ६ विकेट र चौथो खेलमा ४ रनले विजयी हुँदै श्रृङ्खला जितेको थियो । त्यसअघि भएको तीन खेलको टी–२० श्रृङ्खला अस्ट्रेलियाले जितेको थियो । यी दुई देशबीच दुई टेस्ट श्रृङ्खला पनि हुनेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।