
काठमाडौं, ११ असार ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फ चुनाव लड्ने बताउनु भएको छ । चौधरीले पत्रकारहरुसँग कुरा गर्दै आफू अब समानुपातिक नभई प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फ चुनाव लड्ने बताउनु भएको हो । ‘अब समानुपातिक बस्न मेरो रुचि छैन। कति समानुपातिकमा बस्ने ? टिकट कहाँ दिने पार्टीले निर्णय गर्ने हो। म प्रत्यक्ष चुनाव लड्छु।’उहाँले भन्नुभयो । केन्द्रीय सदस्य चौधरीले आफ्नो रगतको कणकणमा अर्थतन्त्र भए पनि प्राथमिकता भने अब पूर्णकालीन राजनीतिमा भएको बताउनुभयो ।