१७ साउन, बुटवल । बुटवलको नयाँ बसपार्कमा पार्किङ गरिराखेको बसको छतमा आंशिक सडेको अवस्थामा शव फेला परेको छ ।
गुल्मी चन्द्रकोट ठेगाना भएका दीपक थापाको शव लु१६१३७ नंम्बरको बसको छतमा भेटिएपछि शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो । थापा बसमा यात्रु चढाउने काम गर्थे ।