श्रावण १७ । मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा काठमाडौं १६ बालाजुका दुई जना मजदुरको मृत्यु भएको छ ।
२५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साहको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्यामलाल ज्ञवालीले उनीहरूको मृत्यु भएको पुष्टि गर्नुभयो। काठमाडौं प्रहरीका एसपी अशोक सिंहले ठूलो पाइपभित्र पसेर काम गर्ने क्रममा दुर्घटना भएको बताउनुभयो ।