
काठमाडौं, २९ असार ।
हिजो साढे ११ अङ्कले बढेको शेयर बजार आज पनि ५९ अङ्कभन्दा धेरैले उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ५९ दशमलव ५४ अङ्कले बढेर १ हजार ९ सय ८६ दशमलव ८२ बिन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । २ सय २५ वटा कम्पनीका ५७ लाख ८७ हजार कित्ता शेयर २ अर्ब ४ करोड ४४ लाख रुपैयाँमा कारोबार भएको छ ।