हामीसँग जोडिनुहोस

नागरिकता विधेयक पारितका लागि सहयोग गर्नुहोस : गृहमन्त्री खाण

1 मिनेट

काठमाडौं, २९ असार ।
गृहमन्त्री बालकृष्ण खाणले संसदमा पेस गरिएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक(२०७९’ लाई पारित गर्न सहयोग गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ । लाखौँ नेपाली नागरिकलाई नागरिकता पाउने अधिकारबाट वञ्चित हुन नदिन सरकारले संविधान अनुसार विधेयक ल्याएको उल्लेख गर्दै विधेयक पारित गर्न सहयोग ‍गर्न उहाँले सांसदहरुलाई अनुरोध गर्नु भएको हो। आजको प्रतिनिधि सभा बैठकमा विधेयक देशको सार्वभौमिकता प्रतिकूल रहेको भन्दै सांसदहरु डा। भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले विरोधको सूचना पेस गरेका थिए । मन्त्री खाणले संविधानको प्रावधान अनुसार अघि बढाएको विधेयक सबै नेपाली नागरिकलाई नागरिकता लिने गरी ल्याएकाले पारित गरेर अघि बढ्नुको विकल्प नरहेको पटकपटक दोहोर्याउनु भयो । गृहमन्त्री खाणले संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित गराउन नमिल्ने व्यवस्था गरेको उल्लेख गर्दै त्यहीअनुसार विधेयक सरकारले ल्याइएको बताउनु भयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।