
काठमाडौं, २८ साउन ।
आज रोपाइँ जात्रा मनाइँदै छ। रोपाइँ जात्रा असारको महिना धानको रोपाइ गरी सके पछि मनाउने चलन रहेको छ ।
जात्रामा रोपाइँमा धान रोपे झैँ गरी नाच्ने गाउने गरिन्छ। रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ) मा गएर असारे गीत गाउँदै र नाँच्दै रमाइलो गर्ने चलन रहेको छ । गाईजात्राको भोलिपल्ट काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा रोपाइँ जात्रा मनाउने गरिन्छ। यो जात्रा मनाउने चलन मल्लकालदेखि चलिआएको मानिन्छ। विशेष गरि नेवार समुदायले चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर रोपाइँ जात्रा मनाउने गर्छन्। धान रोपाइँ सकिएको खुसियालीमा यो जात्रा मनाउने गरिन्छ।