
काठमाडौं, ०३ भदौ ।
नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उहाँको स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि गत वर्ष साउनमा गिरिलाई उपचारका लागि भारतको मुम्बई लगिएको थियो । करिब एक वर्ष उपचारमा पनि सन्तोषजनक नतिजा नआएपछि गिरिलाई यही साउनमा स्वदेश ल्याइएको थियो । गिरिलाई मेडिसिटीमा दोस्रोपटक हेरेर फर्किनुभएका नेता विमलेन्द्र निधिले उहाँको अवस्था देखेर आफू स्तब्ध भएको ट्विटरमा उल्लेख गर्नुभएको छ ।