हामीसँग जोडिनुहोस

दल दर्ताको निवेदनमाथि छानविन गर्दै निर्वाचन आयोग

1 मिनेट

काठमाडौं, ०३ भाद्र ।
आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनको तयारी गरिरहेको निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलका निवेदन अध्ययन गरिरहेको छ । आगामी निर्वाचन प्रयोजनका लागि आयोगमा ८४ दल दर्ता भएका छन् । ती दलहरुले दर्ताका लागि बुझाएको आवश्यक कागजातमाथि जाँच बुझ गरिरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । जाँचबुझका क्रममा दलहरुले बुझाउनुपर्ने कागजात नपुगेमा वा अस्पष्ट भएमा पुनः कागजात माग्ने उहाँले बताउनुभयो । आयोगले आगामी भदौ ८ गते दर्ता भएका दलको अन्तिम विवरण प्रकाशन गर्ने तयारी गरेको छ । विवरण प्रकाशन गरेपछि उनीहरुले संघ, प्रदेश, प्रत्यक्ष तथा समानुपातिक निर्वाचनमा सहभागी हुनका लागि निवेदन दिनुपर्ने उहाँले बताउनुभयो । आयोगले साउन २२ गतेदेखि २९ गतेसम्म दल दर्ताका लागि समय दिएको थियो ।
राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक तर्फको निर्वाचनका लागि बन्द सूची बुझाउने कार्यसूची रहेको छ । यस्तै निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीको खरिद प्रक्रिया सुरु गरिएको उहाँले बताउनुभयो । यस्तै निर्वाचनका लागि आवश्यक कार्यविधि बनाउन लागेको उल्लेख गर्दै प्रवक्ता शर्माले निर्वाचनका लागि आवश्यक पर्ने अनुमानित बजेट बनाउने काम भइरहेको पनि जानकारी दिनुभयो । निर्वाचन आयोगले आगामी भदौ २० गतेदेखि समानुपातिक तर्फको मतपत्र छपाई सुरु गर्ने तयारी गरेको छ । असोज २ र ३ गते समानुपातिक तर्फको बन्दसूची पेश गर्ने कार्यसूची तय गरेको छ । यस्तै प्रत्यक्ष निर्वाचनतर्फ भदौ २५ गते निर्वाचन कार्यक्रम सञ्चालन, असोज ११ गते निर्वाचन अधिकृतहरुको नियुक्ति, असोज २१ गते निर्वाचन कार्यालय स्थापना, असोज २३ देखि २६ गतेसम्म उम्मेदवारी दर्ता, असोज २८ गतेदेखि कार्तिक २७ गतेसम्म १ महिना प्रत्यक्ष निर्वाचनका लागि मतपत्र प्रकाशन, कार्तिक २७ गतेदेखि मतपत्र ढुवानी गर्ने र मंसिर १ गतेदेखि चुनाव प्रचार प्रसार बन्द गर्ने कार्यसूची बनाएर काम गरिरहेको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।