हामीसँग जोडिनुहोस

अवैध सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

1 मिनेट

काठमाडौं, ०७ भाद्र ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । सोमबार दिउँसो सारजाह एभिएसन सर्भिसको जी ९५३६ नम्बरको फ्लाइटमा भन्सार छली गरी अवैध रूपमा सुन ल्याई कारोबार गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३४ वर्षीय विकास महाजन रहेका छन् । विशेष अनुसन्धान टोलीले सिनामंगल गोल्डेन गेट नजिक रहेको ट्याक्सी पार्किङबाट महाजनलाई शङ्कास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा निजले लगाएको सेण्डो भेष्टमा सुन जस्तो पहेँलो पेष्ट गरेको धातु फेला पारेको थियो । त्यसलाई तौल गर्दा ४०८ ग्राम र निलो रंगको अन्डरवेयरमा सुन जस्तो पहेँलो देखिने कपडामा पेष्ट गरेको धातुसहित तौल गर्दा ३६९ ग्राम गरी जम्मा ७७७ ग्राम तौल रहेको थियो । उनको साथबाट ५०० दरको भारतीय रुपैयाँ १९ हजार ५०० र ४२० दिराम पनि प्रहरीले फेला पारेको छ । उनले सुन जस्तो देखिने पहेँलो धातु दुबईबाट लगाएर भारत लैजान लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । महाजनलाई भन्सार छली सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।