
काठमाडौं, १५ भाद्र ।
महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा बयान दिन सिंहदरबार पुग्नुभएको छ । तर महाभियोग सिफारिस समितिको बैठक ११ बजे बस्ने भनिए पनि अझै सुरु भएको छैन । राणा निर्धारित समयमै सिंहदरबार पुगे पनि बैठक सुरु नहुँदा संसद सचिवालयका महासचिवको कार्यकक्षमा प्रतिक्षारत रहनुभएको छ । नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागिएको हो । गत १ फागुनमा सत्तारुढ दलले राणामाथि महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक राणासँग बयान लिन लागेको हो । जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उहाँको पद निलम्बनमा परेको थियो । सर्वोच्च अदालत बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश जबरा विरुद्धको महाअभियोग प्रस्तावबारे संसदीय सिफारिस समितिलाई यसअघि नै प्रमाण उपलब्ध गराइसकेको छ ।