हामीसँग जोडिनुहोस

कांग्रेस शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

1 मिनेट

काठमाडौं, १५ भाद्र ।
नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सत्ता गठबन्धनको सीट बाँडफाडको फाइनल गर्नुअघि कांग्रेस शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा सहित सबै पदाधिकारी सहभागी भएको बालुवाटार स्रोतले जनाएको छ । यस्तै बैठकमा पूर्व पदाधिकारीलाई समेत सहभागी गराएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघको चुनावमा हुने तालमेलका विषयमा रणनीति बनाउन काँग्रेस नेताहरु बसेर छलफल जारी राखेका हुन् । सत्ता गठबन्धनमा सीट बाँडफाडका विषयमा सहमति हुन नसेकेको अवस्थामा कांग्रेस शीर्ष नेताहरु बसेर गाठो फुकाउने प्रयास गरेका हुन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।