
काठमाडौं, १५ भाद्र ।
यसै वर्ष अष्ट्रेलियामा आयोजना हुने टी २० विश्वकप ट्रफी आम सर्वसाधारणको अवलोकनका लागि आज भक्तपुर दरबार स्क्वायरमा राखिएको छ । बिहान ११ बजेदेखि १ बजेसम्म ट्रफी अवलोकनका लागि राखिने नेपाल क्रिकेट संघले जनाएको छ । ट्रफी यसअघि मंगलवार चन्द्रागिरीमा र्पुयाइएको थियो । विश्वकपको ट्रफी १३ देशका ३५ स्थानमा र्पुयाइनेछ । टी– २० विश्वकपको ट्रफी नेपालमा पहिलोपटक आएको हो । यसअघि २०१९ मा इंग्ल्याण्डमा भएको एकदिवसीय विश्वकपको ट्रफी नेपालको काठमाडौं र पोखरा र्पुयाइएको थियो । टी–२० विश्वकपको ट्रफीको भ्रमण जुलाई ८ देखि अष्ट्रेलियाको मेलबर्नबाट शुरू भएको थियो ।