हामीसँग जोडिनुहोस

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धन बैठक बस्दै

1 मिनेट

काठमाडौं, १६ भदौ ।
सिट बाँडफाँटबारे छलफल गर्न आज पनि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। बिहान ११ बजे बालुवाटारमा बैठक बस्ने भएको हो।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले तालमेल गरेर जाने निर्णय गरेका थिए। कुन पार्टीलाई कति सिट भन्ने बाँडफाँट गर्न गठबन्धनले ११ सदस्यीय कार्यदल नै बनाएर छलफल गरे पनि अहिलेसम्म सहमति हुन सकेको छैन।
हिजो पनि बालुवाटारमा सिट बाँडफाँटबारे छलफल भयो तर कुनै सहमतिमा पुगेन। कार्यदलका सदस्य राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले आज बिहान ११ बजे पुनस् छलफल गरिने बताउनुभयो ।
कार्यदल बैठकमा नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेका थिए। यसपछिका बैठकमा भने दलहरू आफ्ना अडानबाट पछि नहट्दा सहमति हुन सकिरहेको छैन। कार्यदलमा सहमति नहुनेजस्तो देखिएपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले पनि सिट बाँडफाँट बारेमा छलफल गर्दै आएका छन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।