हामीसँग जोडिनुहोस

एसिया कप क्रिकेटमा हङकङलाई हराउँदै भारत सुपर चारमा प्रवेश

1 मिनेट

काठमाडौं, १६ भदौ ।
एसिया कप क्रिकेटमा लगातार दोस्रो जित निकालेको भारत सुपर चारमा प्रवेश गरेको छ । दुबईमा गएराति भएको खेलमा हङकङलाई ४० रनले हराउँदै भारत सुपर चारमा पुगेको हो ।
भारतले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ मात्रै बनायो । त्यसअघि पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट १ सय ९२ रन बनाएको थियो । जितसँगै समूह ‘ए’ को भारतले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो । एसिया कप क्रिकेटमा ६ टोली सहभागी छन् । समूह ‘बी’ मा दुई खेल जितेको अफगानिस्तान सुपर चारमा प्रवेश गरिसकेको छ । आज श्रीलंका र बंगलादेश तथा भोली पाकिस्तान र हङकङबीच खेल हुनेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।