हामीसँग जोडिनुहोस

नयाँ सिजनको पहिलो खेलमा लिभरपुलको लज्जास्पद हार

1 मिनेट

काठमाडौं, २३ भदौ । च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा लिभरपुल इटालियन क्लब नापोलीसँग पराजित भएको छ । समूह ए अन्तरगतको खेलमा लिरभपुल ४(१ गोलअन्तरले पराजित भएको हो ।
योर्गन क्लपको टोली पहिलो हाफमा नै ३(० गोलले पछि परेको थियो । गोलकिपर एलिसनले पेनाल्टी नरोकेको भए र भर्जिल भान डाइकले गोल लाइनबाट ब्लक नगरेको भए लिभरपुलले थप गोल खाने थियो । पिओटर जिलिन्स्कीले पाँचौँ मिनेटमा नै पेनाल्टीमार्फत नापोलीलाई अग्रता दिलाएका थिए । १८ औँ मिनेटमा भिक्टर ओसिम्हेनले पेनाल्टीबाट अग्रता दोब्बर गर्ने मौका गुमाए । तर आन्द्रे फ्रांक एन्गुइसा र जियोभानी सिमिओनीले गोल गर्दै नापोलीको अग्रता फराकिलो बनाए ।
च्याम्पियन्स लिगमा पहिलो हाफमा लिभरपुल पछि परेको सन् २०१४ पछि यो पहिलो पटक हो । दोस्रो हाफमा जिलिन्स्कीले अर्को गोल थपे । तर लगत्तै लिभरपुलका लागि लुइस डियासले गोल फर्काए ।समूहकै अर्को खेलमा आयाक्सले रेन्जर्सलाई ४(० को अन्तरले पराजित गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।