हामीसँग जोडिनुहोस

एसिया कप क्रिकेटमा पाकिस्तान र श्रीलंका फाइनलमा, भारत र अफगानिस्तान बाहिरिए

1 मिनेट

काठमाडौं, २३ भदौ । एसिया कप टी–२० क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेसँगै प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ।
हिजो सार्जाहमा अफगानिस्तानविरुद्धको शीर्ष चारको दोस्रो खेलमा पाकिस्तानले रोमाञ्चक रूपमा १ विकेटको जित निकाल्यो।
पाकिस्तानको जितसँगै श्रीलंका पनि फाइनल प्रवेश गर्न सफल भयो। दुवैले शीर्ष चारमा समान २–२ जित निकाल्दै एक खेल अगावै फाइनलमा स्थान बनाए। अफगानिस्तान र भारत भने प्रतियोगिताबाट बाहिरिए।
अब उपाधिका लागि पाकिस्तानले ११ सेप्टेम्बर मा श्रीलंकाको सामना गर्ने छ। टस हारेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनायो। जवाफमा पाकिस्तानले उक्त लक्ष्य ४ बल बाँकी हुँदा पूरा र्गयो। १३० रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले अन्तिम ओभर सम्म संघर्ष गर्नु र्प यो। १९ औं ओभरमा २ विकेट गुमाएर दबाबमा आएको पाकिस्तान अन्तिम ओभरमा लगातार दुई छक्का प्रहार गर्न सफल भएसँगै ९ विकेट गुमाएर जित निकाल्न सफल रह्यो।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।