हामीसँग जोडिनुहोस

साक्षर प्रदेश घोषणा भयो प्रदेश नं. १

1 मिनेट

काठमाडौं,२३ भाद्र ।
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर प्रदेश १ सरकारले प्रदेशलाई साक्षर घोषणा गरेको हो । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले साक्षर प्रदेश घोषणा गर्नुभयो । प्रदेशका १४ जिल्लालाई यसअघि नै साक्षर घोषणा गरिएको थियो ।
१ नम्बर प्रदेशमा १५–६० वर्ष उमेर समूहका ९६ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएका सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार सुगम जिल्लामा साक्षरता प्रतिशत कम देखिएको छ ।
पाँचथरमा ९७ प्रतिशत साक्षर रहेको जनाइएको छ भने झापामा ९८.३३ प्रतिशत, धनकुटामा ९७.५ प्रतिशत, ओखलढुंगामा ९९.५ प्रतिशत, इलाममा ९७.६२ प्रतिशत, खोटाङमा ९६.५६ प्रतिशत, सुनसरीमा ९५.५ प्रतिशत, मोरङमा ९६.५ प्रतिशत छन् । प्रदेशका झापा, मोरङ र सुनसरी जिल्ला सुगममा पर्छन् । अन्य पहाडी जिल्लाको तुलनामा यी जिल्लामा साक्षरता कम देखिएको छ ।
तेह्रथुममा ९५.९८ प्रतिशत, भोजपुरमा ९६.८ प्रतिशत, उदयपुरमा ९५.३२ प्रतिशत, संखुवासभामा ९५.६३ प्रतिशत ताप्लेजुङमा ९६.४५ प्रतिशत र सोलुखुम्बुमा ९६.७३ प्रतिशत प्रतिशत साक्षर छन् । १४ जिल्लाको जम्मा साक्षरता ९६.७४ प्रतिशत छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।