हामीसँग जोडिनुहोस

सन्दीपले गुहारे क्यान, कानुनी उपचारका लागि सहयोग गर्न आग्रह

1 मिनेट

काठमाडौं,२३ भाद्र ।
बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्। । नेपाल क्रिकेट संघ (क्यान)को सम्पर्कमा आएका लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका हुन्। ।
क्यारेबियन लिग खेल्न वेष्ट इन्डिजमा रहेका लामिछानेले आफू निर्दोष रहेको र कानुनी उपचारमा सहजीकरण गर्न क्यानसँग अनुरोध गरेको क्यानका कार्यबाहक महासचिव प्रशान्तविक्रम मल्लले जानकारी दिनुभयो ।
म्याच सकिएपछि नेपाल फर्किने भन्दै लामिछानेले कानुनी सहयोगका लागि क्यानसँग अनुरोध गरेका हुन्। । एक १७ वर्षीया किशोरीले आफूमाथि लामिछानेले बलात्कार गरेको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी छिन्। ।
सन्दीपले ती किशोरीलाई भदौ ५ काठमाडौंबाट नगरकोट र्पुयाएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको भन्दै जाहेरी दिएकी छन्।  जाहेरी परेसँगै प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।