
काठमाडौं, २३ भाद्र ।
आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजोको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । हिजो प्रतितोला १ हजार रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला १ हजार १ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ ।