हामीसँग जोडिनुहोस

सभामुख सापकोटासँग फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलको शिष्टाचार भेट

1 मिनेट

काठमाडौं, २३ भाद्र ।
नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष ड्यानियल सलमान नेतृत्वको प्रतिनिधि मण्डलले आज बिहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेटवार्ता गरेको हो । भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रीपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गर्नुभएको छ । सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रुपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नु पर्नेमा जोड दिनुभयो । भेटमा फ्रान्स–नेपाल संसदीयमैत्री समूहका अध्यक्ष ड्यानियलले नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले शक्ति लगाउनु पर्नेमा जोड दिनुभयो । उहाँले नेपालले वातावणको क्षेत्रमा गरेको काम सह्रानीय रहेको पनि बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।