हामीसँग जोडिनुहोस

गायक थापा र गायिका लामाको दशैँ गीत ‘आउन पाईन सम्झेर नरुनु’ सार्वजनिक

2 मिनेट

काठमाडौं, २४ भदौ ।
गायक रमेश थापा र गायिका आशा लामाको आवाजमा रहेको लोक दोहोरी गीत ‘आउन पाईन सम्झेर नरुनु’ सार्वजनिक भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर दशँै गीत सार्वजनिक गरिएको हो ।
काठमाडौं डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको सो गीत ज्ञानमाला म्युजिक प्रालीबाट सार्वजनिक गरिएको हो ।
म्युजिक भिडियोमा वेबारिसे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेत, उहाँकी धर्मपत्नी पुजा विश्वकर्मा र गायिका लामाको मुख्य अभिनय रहेको छ। गीतको निर्देशन निरज श्रेष्ठले गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष विक्रमजंग शाहले गीतसंगीत र कलाकारको काम गीत गाउने, नचाउने र आम मानिसलाई जम्मा पार्ने मात्र हो भन्ने शैलीलाई संघले परिवर्तन गरेको बताउनभएको छ । र, त्यसबारे कलाकारहरुले बुझ्नुपर्ने उहाँको भनाइ थियो । कलाकारहरुलाई जहिले अफठेरो पर्दा सधै संघले सहयोग गर्दै आएको पनि उहाँले बताउनुभयो ।
गायक नवराज घोरासैनीले नेपाल ३ सय ६५ वटा संस्कृतिको धनी देश भएको बताउनुभयो । पछिल्लो समय रत्यौलीदेखि मार्मिक गीत लिएर देशलाई सुहाउने गीतको सृजना भइरहेको उहाँले सुनाउनुभयो । र, उक्त गीत आम मानिसहरुको दुःख सुःख समेटेर बनेको भन्दै उहाँले दशैँ जस्तो नेपालीको महान चाडमा दिदीभाईको माया गीतमा झल्कने बताउनुभयो।

यसैगरी, भिडियोमा मुख्य भुमिका निभाएका विनयजंग बस्नेतले गीत सामाजिक, सन्देश मुलक र चेतनामुलक भएको बताउनुभएको छ । गीतको भिडियो पनि राम्रो बनेको उहाँको दाबी छ । बस्नेतले सबैले लोकसंगीतलाई जर्गेना गर्नुपर्नेमा जोड दिँदै लोकगीतलाई सबैले माया गर्नुपर्ने धारणा राख्नुनभयो । उक्त गीत विदेशमा रहेका नेपालीहरुप्रति समर्पित रहेको उहाँले स्पष्ट पार्नुभयो । गीतमार्फत विदेशिएका छोराहरुले आफ्ना बावु आमालाई बिर्सियो की भनेर सम्झाउन खाजेको पनि बताउनुभयो ।

त्यस्तै, गायिका आशा लामाले नेपालीहरुले विदेशमा गएर धेरै दुख गर्न परेको सुनाउनुभयो। आफ्नो परिवारलाई नेपालमा छाडेर विदेशिन बाध्य हुने पीडा सुनाउँदै उहाँले दुःख गरेर पैसा पठाए पनि आफन्तले छाडेर गएको अवस्थालाई गीतमा उतारिएको उहाँको भनाइ थियो ।
यसैगरी, गंगाराम धितालले विदेशमा बसेका दाजुभाईहरुले नेपालमा रहेको आफन्तलाई सम्झने बताउनुभएको छ । विदेशी भूमिमा रहेका नेपालीहरुले दशैँमा परिवारको सम्झना गीतमा झल्कने स्पष्ट पार्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।