हामीसँग जोडिनुहोस

काठमाडौं महानगरका प्रमुख बालेन र उपप्रमुख सुनिता इन्द्रजात्राको पूजामा (तस्वीरहरू)

2 मिनेट

काठमाडौँ,२४ भदौ ।
काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजा ठड्याएसँगै सुरु भएको येँया भनिने इन्द्रजात्राको आज मुख्य दिन हो । इन्द्रजात्रा सुरु गर्नुभन्दा पहिलो क्षमा पूजा गरिन्छ ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) शाह र उपप्रमुख सुनिता डंगोल क्षमा पूजामा सहभागी हुनुभएको छ । उहाँहरूले शुक्रबार वसन्तपुरमा इन्द्रजात्रा सुरु गर्नुभन्दा पहिलो पूजामा सहभागी हुनुभएको हो । उहाँहरूले पुजारीको हातबाट टीका र प्रसाद पनि ग्रहण गर्नुभयो । त्यसपछि कुमारी घरमा पुगेर दर्शन पनि गर्नुभएको छ ।

८ दिनको जात्रामा विशेषगरी कुमारी, गणेश, भैरवलगायत श्री लाखे आजू, श्री आकाश भैरव, श्री पुल्किसी आजू, श्री इन्द्रचोक आकाश भैरव, स्वेत भैरवलगायत विभिन्न देवीदेवताको नाच प्रदर्शन गर्ने गरिन्छ । मूल जात्रामा कुमारीको, गणेश र भैरवको रथ यात्रा हुनेछ ।

आज दिउँसो कुमारीको रथलाई काठमाडौंको तल्लो क्षेत्र लगन, मरुलगायतको ठाउँमा तानेर क्वःनेयाः मनाइनेछ । कुमारीको रथसँगै लाखे, पुलुकिसीलगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिनेछ ।

हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा ठड्याएपछि सुरु भएको जात्राभरि सवःभक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

 

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।