हामीसँग जोडिनुहोस

गठबन्धन ठीक छैन भन्नु पार्टी सिध्याउने षड्यन्त्र हो : प्रधानमन्त्री देउवा

1 मिनेट

काठमाडौँ,२४ भदौ ।
नेपाली कांग्रेस भापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरोध गरेर पार्टी सिध्याउने षड्यन्त्र भएको भन्दै कार्यकर्तालाई सचेत रहन आग्रह गर्नुभएको छ ।

संविधानको रक्षाका लागि गरिएको पाँच दलीय गठबन्धनले कांग्रेसलाई फाइदा हुने बताउँदै सभापति देउवाले कसैको भ्रममा नलागी गठबन्धनको पक्षबाट निर्वाचनमा होमिन निर्देशन दिनुभयो । कांग्रेसलाई ठूलो पार्टी बनाउने गरी निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
१०१औं बीपी जयन्तीको अवसर पारेर नेपाली कांग्रेस चितवनले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले संविधानको रक्षा, लोकतान्त्रिक विधि र पद्धतिको संरक्षणका लागि लोकतन्त्रमा लडेका दलहरुबीच निश्चित सिद्धान्त र समझदारीमा गठबन्धन गरेको बताउनुभयो । मुलुकको विषम राजनीतिक अवस्थामा गठबन्धनलाई अगाडि बढाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले कुनै हालतमा गठबन्धन तोडिन नहुने बताउनुभयो ।

देउवाले आगामी मंसिरमा हुने निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभयो । राजनीतिक दलहरुबीच तालमेल गरेर निर्वाचनमा होमिनु आवश्यक रहेको स्पष्ट पार्नुभयो। स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने भन्दै त्यसले मुलुकमा शान्ति सुरक्षा र स्थितरता कायम गराउने बताउनुभयो ।

संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको सुनिश्चतताका लागि कांग्रेसको सरकार अपरिहार्य भएको बताउनुभयो । लोकतन्त्रविरुद्ध लागेको ओली सरकारको विस्थापित भएपछि एमालेको एकलौटी हैकमवाद रोकिएको बताउनुभयो । सबैको त्याग र तपस्या र बलिदानबाट मुलुकको संघीय लोकतान्त्रिक शासन ब्यवस्था स्थापित भएको बताउँदै संविधानसभामार्फत् जनताको चाहना र भावनाबमोजिम संविधान जारी भएको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।