हामीसँग जोडिनुहोस

वस्ती र विद्यालयलाई असर पर्ने भएपछि हेलिप्याड निर्माणमा स्थानीयको बिरोध

5 मिनेट

भेलामा स्थानीय मुरारी नगरकोटीले भन्नुभयो, “मानव बस्तीकोबीचमा हेलिप्याड निर्माण गर्दा यहाँ ध्वनी प्रदुषण हुने, कृषि तथा अन्नबालीमा असर पर्ने, स्वास्थ्यमा असर पर्न सक्ने, हावाको चापले दैनिक जनजीवनमा समस्या पर्ने र यहाँका विद्यालयका विद्यार्थीको पठनपाठनमा समस्या आउने भएपछि यहाँका बासिन्दाले बिरोध गरेका हुन् ।”

====================================================

भक्तपुर, २८ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चापलाई घटाउन नागरिक उड्यान प्राधिकरणले भक्तपुरको नलिञ्चोकमा हेलिप्याड निर्माणको प्रक्रिया थालेपछि स्थानीय बिरोधमा उत्रिएका छन् । स्थानीयसँग कुनै सरोकारनै नराखी बस्तीको बीचमा हेलिप्याड निर्माण गर्न लागेको भन्दै आज जोरपाटी माध्यमिक विद्यालयको पुरोना भवनमा भेला भएका स्थानीयले बिरोध जनाएका हुन् ।

हेलिकोप्टर उडानलाई सूर्यविनायक नगरपालिका–१० नलिञ्चोक हवाई ग्राउण्डमा सार्ने निर्णय गर्दै प्राधिकरणले आफ्नो स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड निर्माण कार्य सुरु भएपछि सूर्यविनायक वडा नं. ९ र १० का बासिन्दा बिरोधमा उत्रिएका हुन् ।

भेलामा स्थानीय मुरारी नगरकोटीले भन्नुभयो, “मानव बस्तीकोबीचमा हेलिप्याड निर्माण गर्दा यहाँ ध्वनी प्रदुषण हुने, कृषि तथा अन्नबालीमा असर पर्ने, स्वास्थ्यमा असर पर्न सक्ने, हावाको चापले दैनिक जनजीवनमा समस्या पर्ने र यहाँका विद्यालयका विद्यार्थीको पठनपाठनमा समस्या आउने भएपछि यहाँका बासिन्दाले बिरोध गरेका हुन् ।”

गहिरो ठाउँमा रहेको र वपरिपरि पहाड तथा अग्ला संरचनाहरु रहेकाले र्दुटनाकोसमेत जोखिम रहेको उहाँले बताउनु भयो । स्थानीय बिक्रम थापा मानव बस्तीकोबीचमा मानवीय संवेदनाको बेवास्ता गर्दै स्थानीयसँग कुनै सल्लाह एवं सुझाब संकलन समेत नगरी हेलिप्याड निर्माण गर्न लागेकोमा स्थानीयको आपत्ति रहेको बताउनु भयो ।

“यत्रो निर्णय गर्दा प्राधिकरणले स्थानीय निकाय र यहाँका बसिन्दासँग छलफल गर्नु पथ्र्यो, त्यो भएन, सरकारकै नियमानुसार वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गर्नु पथ्र्यो, त्यो गरेन,” उहाँले भन्नुभयो, “यहाँ एक किलोमिटर आसपासका क्षेत्रमा नौ वटा विद्यालयहरु सञ्चालनमा छन्, त्यहाँका विद्यार्थीहरुको पढाईमा प्रभाव पार्छ, स्थानीयलाई बेवास्ता गर्दै जबरजस्ती निर्माण गर्न खोज्नु गलत हो, हामी यो निर्णय मान्दैनौ ।”

प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक चाप घटाउन हेलिकोप्टर सेवालाई भक्तपुर सार्ने निर्णय गर्दै हेलिप्याड निर्माणको काम अगाडि बढाएको हो । आन्तरिक र अन्तर्राष्ट्रियतर्फका व्यावसायिक उडानले ग्राउन्ड या आकाशमा होल्ड हुनुपर्ने समस्या सुधार गर्न र मनोरञ्जनात्मक चार्टर उडान समेत यहीँबाट गर्ने गरि प्राधिकरणले नलिञ्चोकमा हेलिप्याड निर्माण सुरु गरेको हो ।

प्राधिकरणले आगामी वर्षमानै हेलिप्याड सञ्चालनमा ल्याइसक्ने गरी ‘मिनि एयरपोर्ट’ का रुपमा काम अगाडि बढाएको छ । हाल सञ्चालनमा रहेका १० वटा कम्पनीका ३३ वटा हेलिकोप्टर यहाँ अवतरण गर्ने गरि हेरिप्याड निर्माणको प्रारम्भ गरिएको हो ।

स्थानीय पशुपति खत्रीले सरकारकै नियम मिचेर सुरु गरेको हेलिप्याड निर्माण प्रक्रिया नरोके स्थानीय प्रतिवादमा उत्रिने बताउनु भयो । उहाँले भन्नुभयो, “प्राधिकरणले निर्माणका लागि डोजर ल्याए पछि मात्रै स्थानीयले हेलिप्याड बन्दैछ भन्ने थाहा पायौँ, स्थानीय जनतालाई बाधा पर्ने गरि कुनै पनि निर्माण गर्न नपाइने सरकारकै नियम छ, त्यो नियमलाई प्राधिकरणले कसरी मिच्छ, निर्माण नरोके ५०० जनाको हस्ताक्षर लिएर सर्वोच्चमा रिट हाल्छौँ ।”

प्राधिकरणले गोरखापत्रमा सूचना निकालेको सुने पनि यहाँका जनता त्यसको पहुँचमा नपुगेको भन्दै वडा कार्यालयमा सूचना टाँस्ने र वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गर्न सार्वजनिक सुनुवाइ गर्नु पर्ने सरकारको नियमनै यहाँ पालना नगरी जनतालाई थाहै नदिई काम गरेको बताउनु भयो ।

स्थानीय जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद ढकालले गोरखापत्रमा सूचना आएको थाहा नभएको भन्दै विद्यालयको आँगनसँगै हेलिप्याड बनाउँदा यहाँका स्कुलका ६०० विद्यार्थीको पढाई बिग्रने बताउनु भयो । उहाँले यहाँका अन्य विद्यालयका विद्यार्थीको पढाईमा पनि प्रभावित हुने बताउनु भयो ।

वडा नं. १० का वडाध्यक्ष शिवराम राउतले हेलिप्याड निर्माणबारे प्राधिकरणले स्थानीय तहसँग कुनै समन्वय नगरेको बताउनु भयो । उहाँले भन्नुभयो, “स्थानीय निकाय र यहाँका बासिन्दासँग समन्वय गरेको छैन, यहाँका बासिन्दाले रोक्न माग गर्दै हस्ताक्षरसहितको ज्ञापन पत्र बुझाएका छन्, यसबारेमा मैले प्राधिकरणलाई जानकारी गराएको छु ।”

प्राधिकरणले स्थानीयलाई जानकारी नगराउनु गल्ती भएको स्वीकारेको भन्दै आगामी दुई दिन भित्र स्थानीयसँग छलफल गर्न पत्राचार गर्ने जानकारी गराएको बताउनु उहाँले बताउनु भयो । स्थानीयसँग छलफल नगरी काम अगाडि नबढाउन भनेको उहाँकले बताउनु भयो ।
सूर्यविनायक नगरपालिका वडा नं. ९ का वडासचिव अच्युत खत्रीले स्थानीयले कानूनी प्रक्रियामा जानु पर्ने बताउदै अन्यथा समस्या आउने बताउनु भयो । भेलामा स्थानीय सुवास नगरकोटी, शेखर खत्री, सुरेश खत्री, राजकुमार खत्री, सुरेश खत्री, कृष्ण खत्रीलगायतले कुनै हालतमा हेलिप्याड निर्माण गर्न नहुने निष्कर्षमा पुग्नु पर्ने बताउनु भयो ।

रु. १५ करोडको लागतमा एक वर्षमा हेलिप्याड निर्माण गर्ने गरि उमा एण्ड कम्पनीलाई ठेक्का परेपछि निर्माण कार्य अगाडि बढाउन शिलान्यास समेत भइसकेको छ । निर्माण सम्पन्न भएपछि हेलिप्याड स्थानान्तरण गरिने र नेपाली सेना, नेपाल वायुसेवा र हिमालय एयरलाइन्सका लागि ह्याङ्गर हब विस्तार समेत बिस्तार गरिने छ ।

प्राधिकरणका अनुसार पहिलो चरणमा हेलिप्याड निर्माणका लागि १५ करोड र दोस्रो चरणमा भवनलगायतका संरचना निर्माणका लागि १५ करोड रुपैयाँ गरि प्राधिकरणले रु. ३० करोड खर्च गर्ने भएको छ ।

हेलिप्याड एरियामा इन्धनका लागि एउटा स्थायी ट्याङ्की, फायर फाइटिङका लागि आवश्यक छुट्टै कक्ष, यात्रुका लागि सानो टर्मिनल भवन, हेलिकोप्टर कम्पनीहरुका लागि कार्यालय, कन्फेक्सनरी सप, मर्मत सम्भारका लागि ह्याङर लगायतका संरचनाहरु निर्माण गरिने छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिम्रिक, एयर डाइनेष्टी, कैलाश, मुस्ताङ, मनाङ, हेली एभरेष्ट, श्री, प्रभु, अल्टिच्युड, माउन्टेन, फिस्टेल लगायत कम्पनीका हेलिकोप्टरहरु सञ्चालनमा छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।