हामीसँग जोडिनुहोस

नेपाली चलचित्रलाई हल दिएन भनेर मेरो बदनाम गर्न खोजियो – भुवन केसी

1 मिनेट

काठमाडौँ,२८ भदौ ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रलाई हल नदिएको आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

मङ्गलवार नेपाली चलचित्र ुसायराु निर्माण हुने जानकारी दिन काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो । उहाँले आफू र चलचित्र विकास बोर्डले नेपाली चलचित्रलाई हल दिएन भनेर नकारात्मक हल्ला फैलाइ आफ्नो बदनाम गर्ने कोसिस भएको बताउनुभयो । बोर्डले चलचित्र विकासका लागि काम गरिरहेको भन्दै आउँदा दिनमा नेपाली चलचित्र क्षेत्रलाई उचाइमा पुर्‍याउने उहाँको भनाइ छ ।

अध्यक्ष केसीले नेपाली सिनेमालाई नेपालमा नै सोचेजति साथ र सहयोग नमिलेको गुनासो गर्नुभयो । उहाँले बाहिरी देशका चलचित्रले पनि नेपालमा स्थान पाउनुपर्ने तर पहिलो प्राथमिकता भने नेपाली चलचित्रलाई नै हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा चलचित्रको नाम सार्वजनिक गर्दै त्यसमा आबद्ध हुने कलाकारको बारेमा जानकारी गराइएको थियो । चलचित्र सायरामा आर्यन सिग्देल, कविता नेपाली लगायतका कलाकारको अभिनय रहने छ । चलचित्र बलिउडका विशाल देसाईले निर्देशन गर्नेछन् भने सामाजिक र प्रेम कथामा अधारित चलचित्रको ९० प्रतिशत छायाङ्कन अस्ट्रेलिया र १० प्रतिशत छायाङ्कन नेपालमा हुनेछ । अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा छायाङ्कन हुने चलचित्रको कथावस्तु निर्माता रघु परियारको रहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।