हामीसँग जोडिनुहोस

देश चलाउन नागरिकले माओवादीलाई रोजेका छन् : माओवादी अध्यक्ष प्रचण्ड

1 मिनेट

काठमाडौँ, भदौ ३० ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र आउँदो प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा पहिलो कम्युनिस्ट पार्टी बन्ने दाबी गर्नुभएको छ ।

आज पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा माओवादीलाई नै नागरिकले देशको चाबी सुम्पिन चाहेको स्पष्ट भएको दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले पालिका चुनावबाट देशवासीले देशको राजनीति कता लैजाने भन्नेकुराको निर्णय गर्न माओवादीलाई रोजेको दाबी गर्नुभएको छ । उहाँले माओवादी नेता, कार्यकर्ताहरुले नागरिकको बीचमा जानुपर्ने कुरा लगायतका जनमुखी काम गर्न मेहनत नगरेको बताउनु भयो । उहाँले पार्टी भित्रको व्यवस्थापनलाई राम्रोसँग मिलाउन सके आउँदो चुनावमा (माओवादी केन्द्र) नै पहिलो कम्युनिस्ट पार्टी बन्ने दाबी गर्नुभयो ।

पार्टीले उम्मेदवार खडा गरेपछि सबैले पार्टीको जितको लागि आवश्यक मेहनत गर्नुपर्ने उहाँले बताउनु भयो । उहाँले पालिका चुनावबाट र पार्टीका अनुभवबाट शिक्षा लिएर आउँदो प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको चुनावमा सन्तुलित, स्पष्ट, पारदर्शी र एकताबद्ध ढङ्गले पार्टी अघि बढ्ने बताउनु भयो । उहाँले माओवादी पार्टी कमजोर भए र माओवादी र नागरिकको सम्बन्ध सदृढ, सुमधुर हुन नसके कुनै पनि बेला सङ्घर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले नेकपा (माओवादी केन्द्र) लाई वैचारिक ढङ्गले परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो । समाजवादको लागि कम्युनिस्टहरुबीचमा एकताको आवश्यक रहेको भन्दै अध्यक्ष दाहालले व्यावहारिक सङ्घर्षलाई निरन्तरता दिनुपर्ने खाँचो रहेको उल्लेख गर्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।