हामीसँग जोडिनुहोस

यी हुन् काठमाडौँमा निःशुल्क रुपमा प्रयोग गर्न सकिने सार्वजनिक शौचालय

3 मिनेट

काठमाडौँ, भदौ ३०
काठमाण्डौ ( काठमाण्डौ महानगरको नेतृत्वमा स्वतन्त्र रुपमा निर्वाचित बालेन्द्र शाह आएपछि नगर कार्यपालिका बैठकले सार्वजनिक शौचालयको स्थिति सुधार गर्नेमा जोड दिएको थियो । यसका लागि महानगर आफैँले पनि केही सार्वजनिक शौचालय निर्माण गर्ने बताएको थियो । तर, नयाँ सार्वजनिक शौचालयहरु निर्माण गर्न समय लाग्ने भएको तथा ती अपर्याप्त पनि हुने हुँदा विभिन्न निजी सङ्घसंस्थालाई आफ्नो शौचालय सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिन बैठकले आह्वान गरेको थियो ।

महानगरसँगको सहमतिपछि अहिले काठमाण्डौ भित्रका ३७ वटा संस्थाले आफ्नो शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिएका छन् । विभिन्न बैंक, सङ्घसंस्था, रेष्टुरेन्ट, स्कुल, बिजनेस कम्प्लेक्स लगायतका एकसय २० वटा शौचालय निःशुल्क प्रयोग गर्न मिल्नेछ । यसमा कुनै लेनदेन तथा सर्त नभएको हुनाले यसलाई सम्झौता नभनि सहमति भन्ने गरेको काठमाण्डौ महानगरले जनाएको छ ।

काठमाण्डौ महानगर आफैँले पनि विभिन्न ठाउँमा गरेर १० वटा सार्वजनिक शौचालय निर्माण गर्ने सोच बनाएको महानगरका प्रवक्ता नवीन मानन्धर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामीले १० वटा सार्वजनिक शौचालयको सम्झौता गर्ने भने पनि अहिलेसम्म सम्झौता तथा बोर्ड बैठकबाट निर्णय भइसकेको छैन ।’

अहिलेसम्म ३७ संस्थामध्ये नबिल बैंकले उसका सबै शाखा, स्याकार कम्पनीको सबै शाखाहरु, महालक्ष्मी विकास बैंकका सबै शाखाका शौचालय निःशुल्क रुपमा प्रयोग गर्न पाइन्छ ।

काठमाण्डौ महानगरका निर्देशक नूरनिधि न्यौपानेका अनुसार महानगरले हातेमालोको लागि आह्वान गरेका हो । र, आउँदा कुनै सेवा, सुविधा वा सर्त नलिइकन निसर्त आउनुहोस् पनि भनेको थियो । न्यौपाने भन्नुहुन्छ, ‘अहिलेको प्रयोग कस्तो हुन्छ त्यो हेरेर हामीले ३र४ महिनापछि केही खालको मापदण्ड बनाएर फिनेल, साबुन, रिफ्रेशर व्यवस्थापन गर्न सकिन्छ कि भनेर एउटा बुँदा राखेका छौँ । यो भनेको नगरकार्यपालिकाले मापदण्ड स्वीकृत गरिसकेपछि मात्र लागू हुनसक्छ ।’

उहाँ अगाडि थप्नुहुन्छ, ‘अहिलेलाई यो निःसर्त तथा निःशुल्क नै हो । कतिपयले करछुट पाउनुपर्छ पनि भनेका थिए । तर, करछुटको विषय नगरसभाले निर्णय गरेपछि मात्र हुने हुनाले अहिलेलाई भने यो पूर्णरुपमा निःशुल्क हो ।’

यसरी चिनिन्छ शौचालय
काठमाण्डौ महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि निलो पृष्ठभूमिको सङ्केत चिह्न तयार पारेको छ । प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर सङ्केत चिह्न तयार पारिएको हो ।

गोलो रेखाभित्र निलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ र सङ्केत चिह्नको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।

यी हुन् निःशुल्क रुपमा प्रयोग गर्न सकिने सार्वजनिक शौचालय
१.नबिल बैंकका सबै शाखा
२. महालक्ष्मी विकास बैंकका सबै शाखा
३. ओटीसी किचेन रेस्टुरेन्टका सबै शाखा
४. स्याकार कम्पनीका सबै शाखा
५. खानेकुरा प्रालि, गौशाला
६.साङ्ग्रिला डेभलपमेन्ट बैंक, बालुवाटार
७. बेबिलोन नेसनल स्कुल, शान्तिनगर
८. ओटीसी किचेन रेस्टुरेन्ट, बालुवाटार
९.नेपालय पब्लिकेसन, डिल्लीबजार
१०. बसुन्धरा एन्ड गोङ्गबु एरिया रेस्टुरेन्ट, बसुन्धरा
११. टाइम्स स्क्वायर, लङ एन्ड बार, बालुवाटार
१२. पशुपति भ्यु होटेल एन्ड रेस्टुरेन्ट, बालकुमारी टोल
१३. डेन्टल भिल्ला, वडा नम्बर १४, बल्खु
१४. देवयानी इन्टरनेसनल नेपाल प्रालिअन्तर्गतका
१५. पिजा हट, दरबारमार्ग
१६. केएफसी, वडा दरबारमार्ग
१७. केएफसी, वडा बौद्ध
१८. डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, वसन्तपुर
१९. होटल रत्नज्योति, पेरिसडाँडा
२०. नेक्सस ग्लोबल भिसा एन्ड इमिग्रेसन प्रालि, शङ्खमूल
२१. गोमा लक्ष्मी इन्टरनेसनल, ठमेल
२२.घराना लन्च एन्ड बार, बानेश्वर
२३. कामना सेवा विकास बैंक, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलङ्की, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड
२४. सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी
२५. नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रालि, पुतलीसडक
२६. आरडीएक्स बार प्रालि ठमेल
२७. नेपालगञ्ज बिरयानी, डिल्लीबजार पीपलबोट
२८. कार्निभल रेस्ट्रो एन्ड मिटिङ, बिजुलीबजार
२९.बार्दली रेस्ट्रो एन्ड मिटिङ, शङ्खमूल
३०. नेसनल बिजनेस ट्रेड सेन्टर, कलङ्की
३१. साङ्ग्रिला डेभलपमेन्ट बैंक, बालुवाटार
३२. बिन्का लङ, छाउनी
३३. प्रोग्रेसियो विस्ट्रो पीबीज रेस्टुरेन्ट, बौद्ध
३४.मिलाल्यान्ड डेभलपमेन्ट प्रालि, कलङ्की
३५. क्रिम्पजी एडभेन्चर हब, बौद्ध
३६. बर्गर हब एन्ड केसीए चिकेन, बिजुलीबजार
३७. अनुपम फुडल्यान्ड, बत्तीसपुतली

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।